default_image

3 years ago

October 12, 2021

वेल्स र चेकलाई सफलता

78 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा वेल्स र चेक रिपब्लिकले सफलता हात पारेका छन् । सोमबार राति भएको खेलमा वेल्सले घरेलु टोली इस्टोनियालाई १–० ले पराजित गरेको हो ।

वेल्सको जितमा खेलको १२औं मिनेटमा काइफर मोरले गरेको गोल नै निर्णायक बन्यो । यही समूह ‘ई’ को अर्काे खेलमा चेक रिपब्लिकले बेलारुसलाई २–० ले पराजित गरेको छ । चेकको जितमा प्याट्रिक सिक र एडाम होलोजेकले गोल गरे । २२औं मिनेटमा प्याट्रिक सिकको गोलबाट अग्रता लिएको चेकका लागि ६५औं मिनेटमा एडाम होलोजेकले गोल गर्दै सहज जित दिलाए ।

जितपछि वेल्स ६ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको चेक रिपब्लिकको ११ अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ । वेल्ससँग पराजित इस्टोनिया ४ अंक जोडेर चौथो स्थानमा तथा चेकसँग हार बेहोरेको बेलारुस ३ अंक जोडेर पुछारमा छ । शीर्षस्थानको बेल्जियमको १६ अंक छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.