default_image

3 years ago

October 15, 2021

भारतीय फरवार्डलाई नेपाली टोलीको ‘गेट वेल सुन’

एजेन्सी – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले उपाधिका लागि भारतको सामना गर्दैछ । खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे बोलेका थिए । प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताए । ‘ पहिलो खेलमा जे भयो, […]

170 views

0 Bookmark

एजेन्सी – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले उपाधिका लागि भारतको सामना गर्दैछ । खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे बोलेका थिए ।

प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताए । ‘ पहिलो खेलमा जे भयो, त्यो सकियो । अब हाम्रो सम्पूर्ण ध्यान भोलिको खेलमा छ । हामीले पुरानो नतिजाबारे सोचिरहेका छैनौं,’ उनले भने ।

श्रेष्ठले टोलीको तयारी राम्रो भइरहेको र खेल कठिन हुने बताए । ‘फाइनलको लागि राम्रो तयारी भइरहेको छ । हामीले पछिल्ला खेलमा गरेका गल्ति सच्याउनेछौं । खेल निकै कठिन हुनेछ । हामी आक्रमण र डिफेन्स दुवैमा राम्रो गर्नेछौं । भोलिको खेलमा निकै मिहिनेत गर्नेछौं,’ उनले भने, ‘पुजनको अवस्थाबारे भोली नै थाहा हुनेछ । आशा गरौं भोलीसम्म ठिक हुनेछन् ।’

कप्तान किरणले भने माल्दिभ्स आफ्नो दोस्रो घर रहेकाले स्थानीय समर्थकले नेपालको साथ दिने आशा देखाए । ‘माल्दिभ्स मेरो दोस्रो घर हो । यहाँ मैले दुई वर्ष टिसी स्पोर्ट्स क्लबका लागि खेलेको थिएँ । मलाई यहाँ धेरैले चिन्नुहुन्छ । यहाँ खेल्न पाउँदा खुसी लागेको छ र आशा छ भोली नेपालकै समर्थनमा आउनुहुनेछ । हामी भोली इतिहास रच्न खेल्नेछौं । भोली हामी गोर्खाली जसरि खेल्नेछौं र जितका लागि सबथोक दिन तयार छौं,’ उनले भने ।

किरणले पनि भारतविरुद्ध पुरानो नतिजाले केहि असर नगर्ने बताए । ‘हामीले पछिल्लो खेलबारे सोचेका छैनौं । हाम्रो लागि पुरानो नतिजा सकिसक्यो । भोली हाम्रो लागि ठूलो दिन हो । भोली जितको लागि हामी सबथोक दिनेछौं । हामी आक्रामक रुपमा अघि आउनेछौं र गोर्खाली पारामा खेल्नेछौं,’ उनले थपे ।

किरणले चोटका कारण फाइनल गुमाउने पक्का भएका भारतका फरवार्ड फारुख चौधरीका लागि पनि नेपाली टोलीको तर्फबाट चाडैं ठिक हुन शुभकामना दिए । ‘पछिल्लो खेलमा भारतका फरवार्ड फारुख चौधरीले चोट बोकेका थिए । हामी टोलीको तर्फबाट उनी छिट्टै ठिक हुन् भन्ने कामना गर्दछौं,’ कप्तान किरणले भने । भारतका मिडिया अफिसर निलान्जन दत्तले पनि टोलीको तर्फबाट धन्यवाद व्यक्त गर्दै फारुखसम्म संदेश पुर्याउने प्रतिवद्धता जनाए ।

यो पनि : फाइनलमा भारतका प्रशिक्षक स्टिमाच र दुई खेलाडी नहुने

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.