default_image

4 years ago

October 16, 2021

भारतलाई हराएर च्याम्पियन बन्ने अर्को अवसर

329 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपालले २८ वर्षअघिको चमत्कारलाई आज फेरि दोहोराउन सक्ला ? बंगलादेशमा सन् १९९३ मा आयोजना भएको तत्कालिन छैटौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को च्याम्पियन बनेर नेपाली टोली स्वदेश फर्केको थियो । क्षेत्रिय स्तरमा नेपाल च्याम्पियन बनेको त्यो नै अन्तिम पटक थियो ।

दक्षिण एसियाको सर्वाधिक सफल र बलियो टोली भारतलाई हराएर नेपाल त्यति बेला च्याम्पियन बनेको थियो । छैटौं साग भन्दा झण्डै ६ महिना अघिबाट सुरु भएको साफ च्याम्पियनसिपको १३ औं संस्करण सम्म आइपुग्दा नेपाली टोली च्याम्पियन बन्न सकेको छैन । पहिलो पटक यसै पाली नेपाल फाइनल पुग्दा फेरि भारतकै सामना गर्नुपर्ने भएको छ । नेपाल र भारतीय टोलीबीच क्षेत्रिय स्तरमा भएको अहिले सम्मको त्यो एक मात्र फाइनल हो । नेपाल सामू पुरानै सफलतालाई निरन्तरता दिने अवसर छ भने भारतलाई फाइनल जित्नै बराबरी गर्ने मौका छ ।

त्यति बेला निर्धारित र थप समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा ४–३ ले भाग्यशाली रहँदै नेपाल च्याम्पियन बनेर फर्केको थियो । के यसपटक पनि नेपाल च्याम्पियन बनेर फर्कला ? विजय दशमीको भोली पल्ट नेपाली फुटबल टोलीले समर्थकलाई अर्को ठूलो खुसी देलान् । पक्कै अधिकांश नेपालीको खेलाडीको नजर माल्दिभ्समा नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुने फाइनलमा हुनेछ । नेपालको आशा छ नेपाल यसपटक च्याम्पियन बनेर फर्कनेछ ।

बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै फाइनल भिडन्त पक्का गरेका थिए । नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित भएको भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । भारत सात पटकको च्याम्पियन टोली हो । साफ च्याम्पियनसिपमा भने नेपाल पहिलो पटक फाइनल पुगेको हो । २ जित र २ बराबरीका साथ भारत ८ अंकसहित शीर्ष र ७ अंकसहित नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् ।

छैटौं सागमा टाइब्रेकरमा हराएपछि नेपालले २०१३ मा स्वदेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएको थियो । नेपालले नियमित समयमा भारतलाई हराएको त्यो नै पहिलो खेल हो । त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन । भारतमाथि जित निकाल्दै पहिलो उपाधि जित्ने मौका यसपटक नेपालसँग छ ।

१९९३ पछि नेपाली राष्ट्रिय सिनियर टोलीले दक्षिण एसियाको क्षेत्रिय स्तरको प्रतियोगिता जितेको छैन । सागमा पहिला सिनियर टोलीले नै खेल्ने गर्थ्यो । नवौं साग देखि भने यू २३ टोलीले साग खेल्दै आएको छ । सागको १२ औं संस्करणमा नेपालले भारतलाई हराएर नै उपाधि जितेको थियो ।

महिलातर्फ पनि साग र साफ च्याम्पियनसिपका अधिकांश संस्करणमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै आएको छ । त्यसमा भने नेपालले अहिले सम्म भारतलाई हराउन सकेको छैन । नेपालमा २०१५ मा आयोजना भएको यू १९ साफमा पनि नेपालले फाइनललाई नै हराएर उपाधि जितेको थियो ।

यो पनि : अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफले आफ्नै नियम मिच्यो

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.