default_image

3 years ago

October 16, 2021

अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफले आफ्नै नियम मिच्यो

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख […]

252 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ । साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ । खराब मौसमका कारण भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अलमुताइरी त्यहीं रहेपनि सहायक प्रशिक्षक किरण श्रेष्ठले जवाफ दिएका थिए ।

त्यसो त एएफसीको अनुशासन नियमावलीले कुनैपनि व्यक्तिले एक प्रतियोगिताको दुई खेलमा पहेंलो कार्ड पाउँछ भने अर्को खेल गुमाउने लेखेको छ । तर उक्त नियमावलीमा प्रतियोगिताको आफ्नै नियम छ भने त्यसमा परिवर्तन गर्न सकिने उल्लेख छ । साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्डमा प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छैन । अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए ।

एएफसीको अनुशासन नियमावली

साफको नियमावलीको बुँदा ५९ मा खेलाडी र अफिसियललाई कार्ड दिनेबारे यस्तो लेखिएको छ:

५९ (क) – कुनैपनि खेलाडीले प्रतियोगिता दौरान दुई पहेंलो कार्ड पाउँछ भने दोस्रो कार्ड पाएको खेलपछि हुने खेलबाट प्रतिबन्ध भोग्नु पर्नेछ ।

५९ (ख) – कुनैपनि खेलाडी वा अफिसियल खेल दौरान रातो कार्ड खाँदै बाहिरिन्छन् भने उक्त कार्ड खाएपछिको खेलमा प्रतिबन्धित हुनेछन् । साफको अनुशासन समितिले उक्त कार्डको कारण हेरेर थप कारवाही गर्न सक्नेछ ।

साफको प्रतियोगिता नियमावली

यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका फरवार्ड अन्जन विष्ट र भारतका प्रशिक्षक इगोर स्टिमाचले प्रतिबन्ध बेहोर्ने पक्का भएको थियो । स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए । त्यसैले स्टिमाचको प्रतिबन्धबारे भने उनी आफैं पनि जानकार थिए । अब स्टिमाच र अलमुताइरी दुवैले खेल दौरान बेन्च मात्र होइन, टोलीको ड्रेसिङ रुममा पनि जान पाउने छैनन् ।

अन्जनले भने भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका थिए । त्यस्तै बंगलादेशविरुद्ध खेलको ४४ औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए ।

*पछि थपिएको – अलमुताइरीले यसो भने  : ‘साफले अन्याय गर्दै फाइनल खेलाउने सपना तोड्यो’

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.