default_image

3 years ago

October 16, 2021

मेस्सी र नेयमारबिना पिएसजीको जित

एजेन्सी – स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमारको अनुपस्थितिमा किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई शुक्रबार भएको लिग वनको खेलमा जित दिलाएका छन् । एक गोलले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले एन्जर्सलाई २-१ ले हराएको हो । खेलको ३६ औं मिनेटमा पाहुना टोली एन्जर्सले खेलमा अग्रता लिएको थियो । सोफियान बौफालको लो क्रसमा एन्जेलो […]

152 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमारको अनुपस्थितिमा किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई शुक्रबार भएको लिग वनको खेलमा जित दिलाएका छन् । एक गोलले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले एन्जर्सलाई २-१ ले हराएको हो ।

खेलको ३६ औं मिनेटमा पाहुना टोली एन्जर्सले खेलमा अग्रता लिएको थियो । सोफियान बौफालको लो क्रसमा एन्जेलो फुल्गिनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६९ औं मिनेटमा एमबापपेको क्रसमा ड्यानीलो परेराले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८७ औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो । रेफ्रीले भीएआरको सहयोग लिँदै पिएरिक कापेलेको ह्यान्ड भएको भन्दै पेनाल्टी दिएका थिए । एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

यस जितसँगै पिएसजीले लिगको शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ । पिएसजीको १० खेलमा २७ अंक छ । ९ खेलमा १८ अंक जोडेको लेन्स दोस्रो स्थानमा छ । निसले ८ खेलमा १६ अंक जोडेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.