default_image

3 years ago

October 18, 2021

एएफसी यू२३ छनोट: कमजोर तयारीमा बलिया प्रतिद्वन्द्वीको सामना

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ । झन्डै एक महिना तयारी गरेर नेपाली टोली प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले साफ च्याम्पियनसिपको नतिजाले मनोबल उच्च रहेको अवस्थामा टोलीलाई सफलता हासिल गर्न शुभकामना दिए ।

त्यस्तै टोलीका प्रशिक्षक महर्जनले भने कमजोर तयारी भएपनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास देखाए । ‘हाम्रा प्रतिद्वन्द्वी एसियाली फुटबल नभएर युरोपेली स्तरका छन् । हामीले सकेसम्म राम्रो फुटबल खेल्ने हो । समूह विजेता बन्ने भन्दापनि खेल अनुसार आफूलाई प्रस्तुत गर्नेछौं,’ उनले भने ।

प्रशिक्षक महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगीले पनि यू-२३ टोलीमा खेल्नेछन् ।

महर्जनले राष्ट्रिय टोलीका खेलाडीले हालसम्म टोलीसँग प्रशिक्षण नगरेकाले केहि समस्या रहने बताए । ‘राष्ट्रिय टोलीका ६ खेलाडी छन् । तर उनीहरुले टोलीसँग प्रशिक्षण गरेका छैनन् । सिनियर टोलीबाट खेलिसकेका हुनाले स्तरमा शंका गर्ने ठाउँ छैन । तर टोलीको समिकरण हेरेर अघि बढ्नेछौं,’ उनले थपे ।

नेपालले प्रतियोगिताको तयारीस्वरुप ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल पनि खेल्दैछ । उक्त खेलले टोली छनोटका लागि सहज हुने महर्जनले बताए ।

राष्ट्रिय टोलीको अनुभव बोकिसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । प्रशिक्षक महर्जनले गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराललाई समेटेका छन् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि पनि छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । टोलीले पछिल्लो एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नियमित प्रशिक्षण गरिरहेको छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

२३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.