default_image

3 years ago

October 19, 2021

स्वस्थ विश्वकप २०२२ घोषणा

87 views

0 Bookmark

एजेन्सी – अर्को वर्ष कतारमा आयोजना हुने विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो ।

घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ(फिफा) का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपर्वि क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल–मन्धारीको उपस्थिति रहेको बताइएको छ ।

कतार सरकार तथा विश्वकप फुटवल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले फिफासँगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउंन काम गर्ने जनाइएको छ । त्यस्तै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिनेछन् ।

यसबाहेक विश्वकप फुटबल आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेको उल्लेख गरिएको छ । कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसंग सम्बन्धित विषयमा पुर्याउंन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विश्वास पनि गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेसले कतार सरकारले विश्वकप फुटवल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिए । उनले भने, ‘विश्व स्वास्थ्य संगठन कतार सरकारसंग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिवद्ध छ । विश्वकप फुटवलसंगै जनस्वास्थ्यका विषयमा बुझाउंन पनि यी कार्यक्रम सहयोगी सावित हुने विश्वास लिएको छु।’ महानिर्देशक डा. तेड्रेसले कोरोना महामारीकै बीचमा शुरू हुन लागेको विश्वकप फुटवलले जनस्वास्थ्यका क्षेत्रमा नयां संभावनाको बाटो देखाउंनेमा ढुक्क भएको तथा विश्वलेनै यस महामारीबाट छुटकारा पाउंने विश्वास व्यक्त गरे ।

कतारका जनस्वास्थ्य मन्त्री डा. अल कुवारीले मध्यपुर्वमा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गर्ववान्वित भएको बताए । उनले भने, ‘हाम्रो चाहना अन्तर्राष्ट्रिय तथा लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना नै गर्नु हो त्यसमा जनस्वास्थ्यको विषय जोडिएर आउंने भएकोले हामी विश्व स्वास्थ्य संगठनसंग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं । हामी आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासंगको सहकार्यमा यस्तै ठुला खेलकुदका कार्यक्रम आयोजना गर्दै जानेछौं ।’

अर्को वर्ष विश्व कप आयोजना गर्ने कतारले सन् २०३० मा एसियली खेलकुदको आयोजना गर्दैछ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.