default_image

3 years ago

October 20, 2021

मेस्सी चम्कँदा पिएसजीको जित

96 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको प्रभावशाली प्रदर्शनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को खेलमा बुधबार आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ ।

खेलको दोस्रो हाफमा पछि परेपनि पिएसजीका लागि मेस्सीले २ गोल गर्दै जितसम्म डोर्याएका थिए । युवा फरवार्ड किलीयन एमबाप्पेले पनि पिएसजीको जितमा गोल गरेका थिए । उनले खेलको नवौं मिनेटमा जुलियन ड्राक्सलरको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा लाइप्जिगले गोल फर्कायो । एन्जेलिनोको क्रसमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा एन्जेलिनोकै क्रसमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई अघि बढाए । तर ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: बराबर गरे । एमबाप्पेको पासमा मेस्सीको प्रहार पोस्टमा लागेपनि मेस्सी आफैंले उक्त रिबाउन्डलाई गोललाइन अघिबाट गोल गरेका थिए ।

७४ औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो । एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेस्सीले पनेन्का (चिप) प्रहार गर्दै गोल गरेका थिए । पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बापपेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार आकसिदा पिएसजीले अग्रता बढाउन सकेन ।

समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५-१ ले हरायो । यस जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । टोलीको ३ खेलमा ७ अंक छ । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहिन छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.