default_image

3 years ago

October 20, 2021

आयाक्ससँग डर्टमुन्डको लज्जास्पद हार

44 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगमा डच क्लब आयाक्ससँग लज्जास्पद हार बेहोरेको छ ।डर्टमुन्डले घरेलु टोलीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

योहान क्रुएफ एरिनामा मंगलबार राति भएको खेलमा घरेलु टोली आयाक्सको सानदार जितमा डाले ब्लिन्ड, एन्टोनी र सेवास्टिन हालेरले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ११औं मिनेटमा मार्काे रिउसको आत्मघाती गोलबाट आयाक्सले अग्रता लिएको थियो ।

२५औं मिनेटमा डाले ब्लिन्डले गोल गर्दै आयाक्सको अग्रता दोब्बर पारे । उनले सेवास्टिन हालेरको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा एन्टोनीले सेवास्टिन हालेरले डाले ब्लिन्डको पासमा गोल गर्दै आयाक्सलाई ४–० को फराकिलो जित दिलाए ।

यो सानदार जितसँगै अपराजित रहेको आयाक्स समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित डर्टमुन्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यही समुहको अर्काे खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले बेसिक्टासलाई ४–१ ले पराजित गरेको छ । स्पोर्टिङको जितमा सेवास्टिन कोआटेसले दुई तथा पाब्लो साराविया र पाउलिन्होले समान एक गोल गरे । घरेलु टोली बेसिक्टासका लारिनले एक गोल फर्काए ।

यो नजितासँगै पहिलो जित निकालेको स्पोर्टिङ ३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । अंकविहीन बेसिक्टास पुछारमा छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.