default_image

3 years ago

October 26, 2021

छनोटमा विभागीय खेलाडी : फाइदा भन्दा घाटा धेरै

सुबास हुमागाईं, काठमाडौं सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपमेयर कप राष्ट्रिय महिला लिगको छनोट प्रतियोगिता जारी छ । देशभरका ३१ पालिकाले सहभागिता जनाइरहेको यस प्रतियोगितामा हरेक टोलीले विभागीय टोलीका ४ खेलाडी राख्ने प्रावधानले भने मिश्रित प्रतिक्रिया पाइरहेको छ । विभागका खेलाडी राख्दा खेलको स्तर बढ्ने तर्क एन्फाले राखेको छ । केहि हदसम्म त्यसलाई सहि पनि मान्न सकिन्छ […]

49 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपमेयर कप राष्ट्रिय महिला लिगको छनोट प्रतियोगिता जारी छ । देशभरका ३१ पालिकाले सहभागिता जनाइरहेको यस प्रतियोगितामा हरेक टोलीले विभागीय टोलीका ४ खेलाडी राख्ने प्रावधानले भने मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

विभागका खेलाडी राख्दा खेलको स्तर बढ्ने तर्क एन्फाले राखेको छ । केहि हदसम्म त्यसलाई सहि पनि मान्न सकिन्छ । तर देशका कुना कुनामा रहेका पालिकाले अन्तिम समयमा आएर विभागका खेलाडी थपेर मैदानमा उत्रँदा त्यसले फाइदा भन्दा घाटा बढी दिएको छ । एक त समय अभावका कारण विभागका खेलाडीले टोलीसँग प्रशिक्षण गरेका हुँदैनन् । स्थानीय खेलाडीको स्थानमा विभागका खेलाडी खेलाउँदा टोलीको समीकरणमा असर त पर्छ नै, नयाँ खेलाडीको अवसर खोसिएको महसुस खेलाडीले गर्छन् । त्यतिमात्र होइन, विभागका खेलाडीभन्दा टोलीका अन्य खेलाडी स्तरमा धेरै फरक रहेकाले टोलीको प्रदर्शनमा नै प्रत्यक्ष असर परेको छ ।

सोमबार सर्लाहीको बागमती नगरपालिकाले राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटे, डिफेन्डर गीता राना, फरवार्ड रश्मीकुमारी घिसिङ र राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाइसकेकी सपना राईलाई टोलीमा समेटेको थियो । तर कन्काई नगरपालिकाले बागमतीलाई १-१ को बराबरीमा रोक्दै आफू नकआउट चरणमा स्थान बनायो । राष्ट्रिय टोलीकी कप्तानसहित महत्त्वपूर्ण खेलाडी टोलीमा समेटेको बागमतीले लिग चरण पनि पार गर्न सकेन ।

खेलपछि बोल्दै बागमतीका प्रशिक्षक सोनाम लामाले विभागीय खेलाडीसँग प्रशिक्षण गर्न नपाउनु पनि हारको कारण रहेको बताए । ‘हामीले काठमाडौं आएर नै विभागीय टोलीका खेलाडीसँग खेलेका हौं । सँगै प्रशिक्षण पनि गर्न पाइएन । दिन बिराएर खेल भएकोले पनि ब्रिफिङ मात्र गरेर खेलाएका हौं,’ उनले भने ।

लामाका अनुसार विभागका खेलाडी खेलाउने नियम नै राम्रो होइन । ‘एन्फाले पनि यसबारे सोच्नुपर्छ । अहिले छनोटमा नै विभागको खेलाडी खेलाउने राम्रो भएन । अहिले नै विभागको खेलाडी राखेर पछि विभागीय खेलाडी नराख्दा त झनै समस्या हुन्छ नि । यो त बिल्कुल उल्टो भयो,’ उनले भने ।

यता नकआउट चरणमा प्रवेश गरेका कन्काईका प्रशिक्षक सन्तबहादुर रायमाझी पनि छनोटमा स्थानीय खेलाडीलाई अवसर दिनुपर्ने बताउँछन् । ‘यो स्थानीय स्तरका खेलाडीले आफ्नो प्रतिभा देखाउन राम्रो अवसर हो । हामीले नियमित प्रशिक्षण गरेर टोली निर्माण गरेका छौं । हुन त विपक्षी टोलीमा राष्ट्रिय टोलीका खेलाडी थिए, तर हाम्रो टिमवर्क छ । फुटबल टिमले खेल्ने हो भन्ने पनि मिहिनेतका साथ देखाएका छौं,’ उनले भने ।

एन्फाका महिला विभाग प्रमुख हरि खड्का भने विभागीय खेलाडीको सहभागितालाई दुवै पक्षबाट हेर्न सकिने बताउँछन् । ‘यसमा केहि फाइदा पनि छ र केहि घाटा पनि । विभागीय खेलाडी खेल्दा खेलको स्तर बढ्छ । स्थानीय खेलाडीले पनि राष्ट्रिय टोलीका खेलाडीसँग केहि सिक्ने अवसर पाउँछन् । हामीले त्यसैकारण हरेक टोलीमा ४ खेलाडीको सिमा राखेका हौं,’ उनले भने ।

‘अर्कोतर्फ स्थानीय खेलाडीले कम अवसर पाउँछन् भन्ने कुरा पनि जायज हो । हामीले पनि यसलाई प्रयोगको रुपमा अघि बढाएका छौं । खेल हुँदै गएपछि अर्को संस्करणमा कमी कमजोरी सुधार्नेछौं । भर्खर प्रतियोगिता सुरु भएको एक साता भएको छ, थुप्रै टोली खेल्न बाँकी छ, तर हामीले केहि राम्रा प्रतिभा भेटेका छौं । यसले पनि नेपालमा प्रतिभाको कमी नरहेको बताउँछ,’ खड्काले भने ।

खड्काले भनेजस्तै उपमेयर कपमा थुप्रै प्रतिभावान खेलाडी आएका छन् । सोमबार कन्काईले नकआउट चरण तय गर्दा दिपा शाही र कुसुम खतिवडाले प्रभावशाली प्रदर्शन गरेका थिए । प्लेयर अफ द म्याच खुस्मा राईले पनि प्राविधिक टोलीको मन जितिन् । यस्तै अन्य टोलीबाट पनि नयाँ प्रतिभाको उदय भएको छ । तर विभागीय टोलीका खेलाडी सम्मिलित टोलीमा भने अन्य खेलाडीले खास अवसर पाएका छैनन् । विभागका खेलाडीसँग टोलीको राम्रो समन्वय नहुँदा प्रत्यक्ष असर पर्दै आएको छ ।

समूह चरणको खेल मध्यान्तर तिर आइपुग्दा विभागीय टोली प्रयोग गर्ने टोलीले फराकिलो जित दर्ता गरेका छन् । र ती खेलमा विभागकै खेलाडीको दबदबा देखिन्छ । तर प्रतियोगिताको नियम अनुसार यदि अन्तिम चरणमा टोलीले स्थान बनाउँछ भने ती खेलाडी विभागनै फर्कनुपर्ने छ । यस्तो अवस्थामा टोलीलाई अन्तिम चरणमा पुगेपछि कठिनाइ हुने देखिन्छ । त्यसो त गत संस्करणमा विभागबाहेक टोलीले विदेशी खेलाडी पनि अनुबन्ध गरेका थिए । तर छनोटमा स्थानीय खेलाडीलाई मात्र सहभागी हुन दिए, नयाँ प्रतिभासँगै अर्को चरणमा टोली थप बलियो बनाउने अवसर रहन्छ ।

आर्थिक पाटोमा विभागीय खेलाडीलाई छनोट प्रतियोगिता फलदायी सावित भएको छ । राष्ट्रिय टोलीका खेलाडीले मोटो रकम बुझेर अन्य टोलीबाट खेलेका छन् । यसले खेलाडीलाई आफ्नो स्तर अनुसार रकम मिलेको छ । तर यसले खेलको स्तर बढाउन खासै सहयोग पुगिरहेको छैन् । कालिका नगरपालिकाले पहिलो खेलमा नियमविपरित ५ विभागीय खेलाडी खेलाउँदा जितेको खेल नै प्रोटेस्ट परेपछि गुमाउनुपर्यो । स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुभन्दा विभागका खेलाडीमा भर पर्दा दुई टोलीले बिदा लिइसकेका छन् ।

प्रतियोगितामा अझै अन्य टोलीले पनि विभागका खेलाडी अनुबन्ध गर्ने तयारी गरेका छन् । उनीहरुको नतिजा कस्तो हुन्छ प्रदर्शनले बताउने नै छ । तर समग्रमा छनोट प्रतियोगितामा विभागका खेलाडी खेलाउँदा फाइदा भन्दा घाटा बढी देखिन्छ ।

कन्काईको छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी दिपा शाहीको बारेमा यो पनि पढ्नुहोस : डेब्युमै दिपाको लोभलाग्दो प्रभाव

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.