9 years ago
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपमा नेपालको सुरुआत गोलरहित बराबरीबाट भएपनि पछिल्ला दुई खेलमा भने नेपाल पाँच गोल गर्न सफल भयो ।

ब्रुनाईविरुद्ध ३ गोल गरेको नेपालले सेमिफाइनलमा निर्धारित समयमा २ गोल गरेको थियो । ५ मध्ये २ गोल विमल घर्तीमगरले गरेका थिए भने भरत खवास, नवयुग श्रेष्ठ र अनन्त तामाङले समान १ गोल गरिसकेका छन् । मकाउविरुद्ध गोल गर्ने खेलाडी भने अहिले टोलीमा छैनन् । सन् २००८ मा पछिल्लो एएफसी च्यालेन्जकपको छनोट चरणमा नेपालको भेट हुँदा मकाउलाई ३–२ ले हराएको थियो । त्यो जितमा जुमानु राईले २ र सन्दीप राईले १ गोल गरेका थिए । अहिले जुमानु र सन्दीप दुवै टोलीमा छैनन् । सन्दीप गत बर्ष म्याच फिक्सिङको अभियोगमा पूर्व कप्तान सागर थापा, पूर्व खेलाडी अन्जन कसी, गोलकिपर रितेश थापा र विकाससिंह क्षेत्रीसँगै फिफा÷एएफसीको आजिवन प्रतिबन्धमा छन् । मकाउविरुद्ध सन्दीपको पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
तर गत बर्ष खेल मिलेमतोको अभियोगमा उनी कारवाहीमा परेका छन् भने आन्तरिक रुपमा पनि मुद्दा खेपिरहेका छन् । नेपाली टोलीका सफल स्ट्राइकर मध्येका एक जुमानु भने गत बर्षको भदौमा भारतविरुद्धको मैत्रीपूर्ण खेलदेखि टोलीमा पर्न सकेका छैनन् । अहिले सम्म मकाउविरुद्ध सबैभन्दा बढी गोल गर्ने नेपाली खेलाडी भने नीराजन रायमाझी हुन् । उनले मकाउटविरुद्ध विश्वकप छनोटका दुई खेलमा ५ गोल गरेका थिए ।
२००१ मा भएको छनोटको पहिलो खेलमा नेपालले ४–१ ले हराउँदा नीराजनले २ गरेका थिए । अर्को खेलमा नेपाल ६–१ ले विजयी हुँदा नीराजनले ह्याटिक गरेका थिए । अहिले सम्म नेपाल र मकाउबीच ५ पटकको भेट भएको छ । जसमा नेपालले ३ खेल जितेको छ भने १ मा बराबरी र अर्कोमा हार बेहोरेको छ । पछिल्ला ३ भेटमा भने नेपाल मकाउसँग हार्नु परेको छैन । सफल इतिहासलाई निरन्तरता दिदै आज मकाउलाई हराउन सकेन नेपालले पहिलो पटक एएफसीको आधिकारिक प्रतियोगिता जित्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]