default_image

4 years ago

October 29, 2021

थ्री स्टार र एनआरटीको बराबरी

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । एनआरटीले एकेडेमी संचालन गर्ने कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार ३-३ को बराबरीमा रोकिएको हो ।

थ्री स्टारको लागि डोना थापा, निकोलस फर्नान्डेस र राफाएल रिम्गागोले गोल गर्दा एनआरटीका स्टेफान बिनोङ समिरले २ तथा मेसुके ओलोमोउले १ गोल गरे । एनआरटीले खेलमा दुई पटक बराबरी गोल फर्काएको थियो । डोना थापाको पेनाल्टीमा थ्री स्टारले सुरुवाती अग्रता लिएपनि बिनोङले पहिलो हाफमा नै गोल फर्काए । गोलरक्षक प्रिसो र कप्तान विक्रम लामाबीच समन्वय हुन नसकेको फाइदा उठाउँदै उनले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए ।

दोस्रो हाफमा फर्नान्डेसले फ्रिकिकमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक पुजन होनाको हातमा लाग्दै गोल भएको थियो । त्यसको केहीबेरमा नै एनआरटीले बराबरी गोल फर्कायो । थ्री स्टारको कर्नर मुभ असफल भएपछि अघि बढेको काउन्टरमा बिनोङले सहजै पेनाल्टी क्षेत्रभित्र फिनिस गरेका थिए । मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । अन्तिम समयमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डरबाट ह्यान्ड भएपछि प्राप्त पेनाल्टीलाई राफाएलले गोल गर्दै थ्री स्टारलाई बराबरीमा पुर्याए ।

दुवै टोलीले ए डिभिजनका लागि टोली निर्माण गरिरहेका छन् । आजको खेलमा दुवै टोलीले थुप्रै नयाँ खेलाडी प्रयोग गरेका थिए । एनआरटीमा राजुकाजी शाक्य र जीवन सिन्केमान प्रशिक्षण टोलीमा छन् । यता थ्री स्टारले उज्जन श्रेष्ठलाई जिम्मेवारी दिएको छ । दुवै टोलीमा राष्ट्रिय टोली तथा यू-२३ टोलीका खेलाडी थपिन बाँकी छन् ।

खेलको थप तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस

नोट : यसअघि बराबरी हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.