default_image

9 years ago

November 15, 2016

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको अपराजित यात्राको कीर्तिमान

132 views

0 Bookmark

काठमाडौ, (हाम्रो खेलकुद)– विगतमा नेपालले १३ खेलसम्म गोल गर्न नसकेको कीर्तिमान राख्दै खुब आलोचना खेप्नु परेको थियो । अहिले भने नेपाली टोलीले सुखद कीर्तिमान बनाएको छ ।

nepal-win-against-laos

नेपालले आज साँझ (सवा ५ बजे) हुने एएपफसी सोलिडारिटी कपको फाइनलमा मकाउलार्इ हराउन सके अन्तर्राष्ट्रिय फुटबलमा नेपालको अपराजित यात्राको खेल संख्या ८ पुग्नेछ । नेपालले लाओससँग सेमिफाइनल खेल्दै अपराजित संख्या सात पुर्रयाएके थियो । टाइब्रेकरमा लाओसलार्इ हराउनु अघि नेपालले निर्धारित ९० र थप ३० मिनेट २–२ को बराबरी खेलेको थियो ।

यसअघि नेपाल ५ खेलसम्म मात्र अपराजित रहेको थियो । नेपालले सन् २०१५ को डिसेम्बर २७ मा भारतके त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा भारतसँग ४–१ ले पराजित भएयता नेपाल हारेको छैन । त्यसयता नेपालले राष्ट्रिय टिमसँगको प्रतिस्पर्धामा श्रीलंका, माल्दिभ्स र ब्रुनाईलार्इ हराएको छ भने बंगलादेश, टिमोर लेस्टे र जारी प्रतियोगितामा लाओससँग बराबरी खेलेको छ । नेपालले लाओसलार्इ टाइब्रेकरमा हराएर मकाउसँगको फाइनल भेट पक्का गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.