default_image

4 years ago

November 3, 2021

मछिन्द्र र पुलिसको बराबरी

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीका क्रममा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।

पुलिसका लागि रवी पासवानले गोल गर्दा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे । साविक विजेता मछिन्द्र यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । क्लबका लागि नुर्लान नोभ्रुजोभ, सादिग गुलिएभ र छिरिङ गुरुङले पहिलो खेल खेले । तीनै खेलाडी क्लबमा यसै सिजन अनुबन्धित भएका हुन् ।

त्यसअघि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको मैत्रीपूर्ण खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गरेको भयो । थ्री स्टारको जितमा विजय भुजेल र निशान खड्काले गोल गरेका थिए । मनाङका लागि ओलावाले आफिजले बराबरी गोल फर्काएका थिए ।

थ्री स्टारले विजयको गोलमा अग्रता लिएको थियो । तर थ्री स्टारको गोलरक्षक प्रिसोले गल्ति गर्न पुग्दा ओलावाले पहिलो हाफमा नै मनाङलाई बराबरीमा ल्याउन सफल भए । दोस्रो हाफमा निशानले गोल गर्दै जित पक्का गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरेका थिए ।

दुवै टोली आफ्ना केहि मुख्य खेलाडीबिना नै मैदान उत्रिएका थिए । थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठ र मनाङका राजेन्द्र तामाङले नयाँ खेलाडीलाई पनि प्रयोग गरेका थिए ।

थ्री स्टारको लिग तयारीस्वरूप खेलिएको दोस्रो खेल हो । यसअघि क्लबले गत शुक्रबार न्यु रोड टिम (एनआरटी) सँग ३-३ को बराबरी खेलेको थियो । मनाङले भने पहिलो मैत्रीपूर्ण खेल खेलेको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.