default_image

4 years ago

November 4, 2021

पीएसजी बराबरीमा रोकियो

314 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरेपनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे ।

रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा क्रिस्टोफोर एनकुकुको गोलबाट अग्रता लिएको थियो । उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए । १२औं मिनेटमा आन्द्रे सिल्भा पेनाल्टीमा चुक्दा लाइप्जिग पनि अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२१औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै पीएसजीलाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा वाइनाल्डमले मार्किन्हसको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

जिततर्फ अघि बढेपनि अन्तिम समयमा प्रेसनेल किमपेम्वेले गल्ती गर्न पुगेपछि पीएसजी जितबाट वञ्चित बन्यो । पेनाल्टी बक्समा किमपेम्वेले एनकुकुलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डोमिनिक सोबोस्लाई चुकेनन् ।

यो बराबरीपछि पीएसजी ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको ९ अंक छ । पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ । क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अन्य नतिजा
म्यानचेस्टर सिटी
विरुद्ध क्लब ब्रुग (–१), पीएसजीविरुद्ध आरबी लाइप्जिग (२–२), मिलानविरुद्ध एफसी पोर्टाे (१–१), लिभरपुलविरुद्ध एट्लेटिको म्याड्रिड (–०), बोरुसिया डर्टमुन्डविरुद्ध आयाक्स (१–), स्पोर्टिङ लिस्वनविरुद्ध बेसिक्टास (–०), रियल म्याड्रिडविरुद्ध साख्तर डोनेस्क (–१) र एफसी सेरिफविरुद्ध इन्टर मिलान (१–)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.