4 years ago
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको ग्राउन्ड रिह्याबका लागि १२ साता कुर्नुपर्ने भएको छ । प्रशिक्षणका दौरान दायाँ घुँडामा चोट लागेपछि बिहीबार नवयुगको शल्यक्रिया गरिएको थियो ।

बिएण्डबीका डाक्टर अमित जोशीको टोलीले उनको घुँडाको शल्यक्रिया गरेका थिए । डाक्टरले शल्यक्रिया राम्रो भएको र ३ महिनापछि ग्राउन्ड रिह्याब सुरु गर्ने भन्नुभएको , नवयुगले भने । सहिद स्मारक ए डिभिजनको लिगका तयारीको क्रममा रहेको आर्मी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेलका क्रममा नवयुगको घुँडामा चोट लागेको थियो ।
उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्टमा (एमसिएल) चोट लागेको थियो । रिह्याबका लागि पनि झण्डै तीन महिना कुर्नुपर्ने भएकाले नवयुगले यसपटकको लिग गुमाउने सम्भावना देखिन्छ । नवयुग सम्मलित टोलीले गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेको थियो ।
२८ वर्ष अघि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल खेलेको थियो । आर्मीमा नवयुगको अनुपस्थितिमा अब जर्जप्रिन्स कार्की र भरत खवासले आक्रमण सम्हाल्ने देखिन्छ । गत सिजन आर्मी लिगको अन्तिम खेलमा मच्छिन्द्रसँग पराजित हुँदा उपाधिबाट बन्चित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]