3 years ago
July 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एबीसी फुटबल एकेडमीको आयोजनामा दोस्रो संस्करणको एसईई फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यसै साउन ४ देखि ६ गतेसम्म बालजुस्थित सेक्रेड हार्ट माध्यमिक बोर्डिङ विद्यालयको फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा टिम दर्ता शुल्क ४ हजार ५ सय लाग्नेछ भने प्रथम हुने टोलीले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछ । प्रतियोगितामा दोस्रो हुने टोलीले नगद २० हजार पाउनेछ ।
लिग कम नकआउट प्रणालीमा खेलाइने यो प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोलरक्षकले जनही २-२ हजार पाउनेछन् । त्यसैगरी ती खेलाडीहरुले सेक्रेड हार्ट माध्यमिक बोर्डिङ विद्यालयमा +२ अध्ययनका निमित्त पूर्ण छात्रवृत्ति पाउने छन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]