default_image

3 months ago

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

527 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ।

एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ।

नेपाललाई अर्को संस्करणको फुटसल एसियन कपमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध गरेको छ।
सुरुमा प्रतियोगिता लिनका लागि नाम दर्ता गरेरपछि फिर्ता लिएको थियो।

प्रतियोगितामा भाग नलिने हो भने १ सय ६ दिनअघि नै नाम फिर्ता लिइसक्नु पर्ने थियो । जसले प्रतियोगिता नियमावलीको अनुच्छेद ६.७ उल्लङ्घन गरेको ठहर गरेको छ।

कारबाहीअनुसार एन्फाले जरिवाना सूचना प्राप्त भएको मितिले ३० दिनभित्र बुझाउनुपर्नेछ। एन्फाले एएफसीबाट कारवाहीका लागि कारवाहीको पत्र प्राप्त भएको जनाएको छ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

August 31, 2025

सेन्ट जेभियर्सलाई ग्लोबल रिच फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- सेन्ट जेभियर्सले ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धुकु फुटसलमा शनिवार भएको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । […]

Success

Thank you for your time.