September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सेन्ट जेभियर्सले ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धुकु फुटसलमा शनिवार भएको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । […]
August 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन एफसीले दोस्रो हिमालयन फुटसल गोल्डकप २०८२ को उपाधि रक्षा गरेको छ । चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रवार भएको फाइनलमा ठमेल एकता क्लबलाई १-० गोलले पराजित गर्दै हिमालयनले लगातार दोस्रो पटक उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयनका श्रीकृष्ण श्रेष्ठले। हिमालयनले ट्रफीसहित ३ लाख र टिम ठमेलले १ […]
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आर एण्ड बी युनिटीको आयोजनामा प्लस टु अन्तर कलेज फुटबल प्रतियोगिता हुनेछ। हाडिगाउँ स्थित धन्यन्तरी फुटसलमा भदौ ११ १२ गते प्रतियोगिता हुने भएको छ। आयोजकको अनुमान अनुसार प्रतियोगितामा ४० देखि ५० टोलीको सहभागिता रहनेछ। प्रतियोगिता नकआउट आधारमा सञ्चालन हुनेछ।दुई दिन सन्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र […]
July 5, 2025
हिमाल खरेल, दमक झापाको दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो । साउन २ र ३ गते हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको क्लबका सचिव हिरामणि खड्काले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमका बारे तयारी सुरु गरिएको हो । सचिव खड्काका […]
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- किङ्स कलेजले हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ। किङ्सले आज भएको फाइनलमा टेकस्पाएर कलेजलाई २-१ ले हराउँदै च्याम्पियन बनेको हो । त्यसअघि सेमिफाइनलमा टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४-३ ले र किङ्सले एनसिएमटी कलेजलाई ३-० ले हराउदै फाइनल भेट पक्का गरेका थिए। ग्लोबल कलेजले तेस्रो […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ टिमको सहभागिता रहने भएको छ । सायम कलेजको आयोजनामा हुने प्रतियोगिता बुधबारदेखि रोयल नेपाल फुटसलमा सुरु हुनेछ । प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी […]