3 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा भएको नेप्टा फुटसल प्रतियोगिताको उपाधि लेपर्ड फिजियोले जितेको छ ।

प्रतियोगिताभर अपराजित रहेको लेपर्डले फाइनलमा नेप्टा बागमतीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । बालुवाटारस्थित ढुकु फुटसलमा निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ३-२ को जित निकाल्दै लेपर्डले उपाधि जितेको हो ।
समूह बी को विजेता बनेको लेपर्डले सेमिफाइनलमा समूह ए उपविजेता फास्ट ट्वीचलाई पराजित गरेको थियो । त्यस्तै समूह ए को विजेता बागमतीले समूह बी उपविजेता पीएनएफ च्याप्टर ३ लाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
उपविजेता टोली नेप्टा बागमतीका सुलभ घिमिरे प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । विजयी टोलीका निकेश डाँगीले सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले प्रतियोगिताको ५ खेलमा ९ गोल गरे ।

राष्ट्रिय फुटबल टोलीका फिजियो रहेका लेपर्डका गोलरक्षक आविष्कार पुडासैनी उत्कृष्ट गोलरक्षक चुनिए । फाइनलअघि कुनै गोल नखाएका उनले चार क्लिनसिट राखेका थिए ।
विजयी खेलाडीलाई राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, गोलरक्षक विकेश कुथु, फरवार्ड जुमानु राई र फुटस्ल व्यवसायी संघका अध्यक्ष राज महर्जनले पुरस्कृत गरे । प्रतियोगितामा ८ टोलीको सहभागी रहेको थियो ।

September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]