default_image

3 years ago

October 22, 2022

ताम्रकार फुटसल २०२२ आयोजना हुने

596 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार समाजको आयोजनामा पाँचौ ताम्रकार फुटसल प्रतियोगिताको कार्तिक १९ गतेदेखि सुरु हुँदैछ ।

सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा हुने प्रतियोगितामा दुई दिन खेल हुनेछ । कार्तिक ८ टोलीले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । २६ गते प्रतियोगिताको अन्तिम चरण हुनेछ ।  खेलकुदको माध्यमबाट समाजमा भाइचारा बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको ताम्रकार समाजले जनाएको छ।  

गत संस्करणझैं पाँचौं संस्करणको मुख्य प्रायोजक द ब्रिटिस कलेजले रहेको छ । प्रतियोगिताका अनुमानित बजेट साढे आठ लाख रुपैयाँ रहेको छ । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित प्रतियोगिताको लागि अन्तिम तयारी भइरहेको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमको पनि खेल हुनेछ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.