default_image

3 years ago

November 7, 2022

ताम्रकार फुटसल लिगको सेमिफाइनल समीकरण पूरा

471 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ताम्रकार फुटसल लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपास्थित फिल्ड फुटसलमा शनिबार समूह चरणका खेल समाप्त भएसँगै अन्तिम ४ मा प्रवेश गर्ने टोलीको टुंगो लागेको हो ।

समूह ए बाट ओरियन इलेक्ट्रिकल्स ३ खेलमा २ जित र १ हारसँगै ७ अंक जोड्दै समूह विजेता बन्यो । आर्ट्स फेसन नेपाल ३ खेलमा १ जित, २ बराबरीका साथ ५ अंक जोड्दै उपविजेता बन्यो । ४ अंक जोडेको दिल ह्याण्डीक्राफ्ट र १ अंक जोडेको टेकम्याक्स सोलुसन्स समूह चरणबाट बाहिरिए ।

त्यस्तै समूह बी बाट मेड्स मार्ट फार्मेसी ७ अंक जोड्दै विजेता र बिके सुन चाँदी पसल ५ अंकसाथ उपविजेता बन्न सफल भयो । ४ अंक जोडेको श्री नन्द मिठाइ र अंकविहिन भैरवनाथ आइरन इन्डस्ट्रीज समूह चरणबाट बाहिरिए ।

अर्को शनिबार हुने सेमिफाइनलमा ओरियनले बिके सुन चाँदीसँग खेल्नेछ । मेड्स मार्टले आर्ट्स फेसनको सामना गर्नेछ । शनिबार नै यू-१४ उमेर समूहको प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.