default_image

3 years ago

January 12, 2023

‘एमआरआर फुटसल २०७९’ नवलपुरमा हुने

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजाल फेसबुकको चर्चित समूह मेन्स रुम रिलोडेडको फुटसल प्रतियोगिता ‘एमआरआर फुटसल २०७९’ माघको पहिलो साता नवलपुरमा हुने भएको छ ।

एमआरआर समूहका सदस्यहरु सहभागी हुने प्रतियोगिता नवलपुरको कावासोती फुटसलमा माघ ७ गते आयोजना हुनेछ । प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा एमएमआर समूहमा रहेका सदस्य खेलाडी हुनेछन् । प्रतियोगिताका लागि माघ ६ गते सम्पूर्ण खेलाडी र टोली नवलपुर पुग्ने तालिका रहेको छ ।

आयोजक समितिका प्रतिनिधि विकास शर्माले प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा रहेको बताए । ‘हाम्रो तयारी अन्तिम चरणमा छ । नवलपुरको स्थानीय पर्यटनको प्रचार गर्न र भातृत्व अभिवृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरेका हौं । खेलकुदको माध्यमबाट एक आपसमा भाइचारा र सम्बन्ध बढाउने मुख्य लक्ष्य हो,’ शर्माले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक एम्बिसन गुरु, सह प्रायोजक आवर क्लोजेट, सहयोगीमा जर्सी पसल नेपाल, फोनपे, आइटी पार्टनर द भ्यालु क्रु र इन्टरनेट पार्टनर सुबिसु छन् । प्रतियोगिताको मेडिकल पार्टनरमा शंकर पोलिक्लिनिक तथा मिडिया पार्टनरमा रुटिन अफ नेपाल बन्द, हाम्रो खेलकुद र डीटिएम मिडिया छन् ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.