2 years ago
July 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् ।

साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले बताएको छ ।
भाटभटेनी हेल्थ क्लब भेन्यू पार्टनर रहेको प्रतियोगिताका सबै खेल चाबहिल चुच्चेपाटी स्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन् । उक्त प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । फेयरप्ले टिमलाई ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार निर्धारण हुँदा उत्कृष्ट प्लेयर र गोल किपरलाई जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।
नेपालमा फुटसलको क्रेज बढिरहँदा विभिन्न ठाउँमा छरिएका खेलप्रेमी युवाहरूमाझ भाइचाराको सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए । मध्य पूर्वको देश मलेशियालाई लक्षित गरेर स्थापित भएको यो क्लब नेपालमा हालै दर्ता भएको हो । क्लबले पहिलो चरणमा नै यो प्रकारको ठूलो प्रतियोगिता गरेर आफूलाई काठमाडौंमा स्थापित स्पोर्ट्स क्लबको रूपमा उभ्याउने लक्ष्य राखेको छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]