2 years ago
September 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काठमाडौं नगरपालिका वडा नं २३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताबाट बाहिरिएको छ ।

लैनचौर फुटसल मैदानमा आइतबार वडा नं १४ सँग १–० ले पराजित हुँदै वडा नं २३ प्रतियोगितबाट बाहिरिएको हो । वडा नं १४ क्वार्टरफाइनल पुगेको छ । विजयी गोल गरेका मनिष रानाभाट खेलको म्यान अफ दि म्याच घोषित भए ।
काठमाडौं महानगरपालिकाका वडाहरु जारी प्रतियोगितामाा आइतबार वडा नं ४, वडा नं १७ र वडा नं ३२ विजयी हुँदै क्वाटरफाइनलमा पगेका छन् । प्रजेश अधिकारीको गोलमा वडा नं ४ ले वडा नं ९ लाई १–० ले हरायो । प्रजेश नै खेलको म्यान अफ दि म्याच भए ।
वडा नं १७ ले वडा २७ को चुनौती १–० ले समाप्त पार्यो । विजयी टोलीका गोलकिपर लक्ष्मण देउला म्यान अफ दि म्याच चुनिए । वडा नं ३२ ले वडा नं २२ लाई २–० ले पराजित गर्यो । विशान्त मगर र जीवन पराजुलीले गोल गरे ।
नकआउटको आधारमा भइरहेको प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]