1 year ago
August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दारी ग्याङ फुट्सल प्रतियोगिता २०८१ को उपाधि भक्तपुरको प्रदीप एफसीले जितेको छ । परोपकारका लागि फुटसल भन्ने नाराका सहित दारी ग्याङद्वारा आयोजित प्रतियोगिताको फाइनलमा बनस्थलीको फुलमाया एफसीलाई पराजित गर्दै प्रदीप च्याम्पियन बनेको हो ।
फाइनल भिडन्तमा प्रदीपले फुलमायालाई ३-० ले हराउँदै उपाधि जित्न सफल भएको हो । विजयी टोलीका लागि सुदर्शन श्रेष्ठ, महेन्द्र कार्की र रितेश लामाले १-१ गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच भने प्रदिप एफ सीका रितेश लामा घोषित भए ।
विजेता प्रदीप एफसीले ५० हजार रुपैयाँ हात पार्यो भने उपविजेता फुलमायाले ३० हजारमा चित्त बुझायो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी च्याम्पियन टोलीका सुदर्शन श्रेष्ठ चुनिए । उत्कृष्ट गोलरक्षकमा हाना दुलका राजकुमार आले तथा र सर्वाधिक गोलकर्ताले डिजी दिव्यान्शीका कविर तामाङले जनही ५-५ हजार रुपैयाँ प्राप्त गरे । विजयी खेलाडीहरुलाई पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह र रेफ्री एसेसर सुरज सायमीले पुरस्कृत गरेका थिए ।
फुट्सल प्रतियोगितामा दारी ग्याङका विभिन्न जिल्लाहरु र समूहहरुबाट प्रतिनिधित्व गर्दै १२ टिम र अरु खुल्ला रुपमा सहभागी २० टिम गरि कुल ३२ टिमको सहभागीता रहेको थियो । पहिलो दिन लिग चरणका ३२ खेल भएका थिए भने दोस्रो तथा अन्तिम दिन नकआउट चरणका १५ खेल भएका थिए ।
विभिन्न सामाजिक कार्यहरुमा सक्रिय दारी ग्याङले यस प्रतियोगिताबाट बचत भएको रकम आगामी दिनमा परोपकारका कामहरु गर्ने आयोजक सदस्य महेश्वर घिमिरेले बताएका छन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]