1 year ago
September 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन फुटबल क्लब
हिमालयन गानादा फुटसल गोल्ड कपको उपाधि रक्षा गर्न सफल भएको छ ।
चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रवार फाइनल ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सुटआउटमा ३-२ गोल पराजित गर्दै आयोजक हिमालयन एफसीले उपाधि रक्षा गरेको हो ।
निर्धारित २० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । उपाधिसँगै विजेताले २ लाख रुपैयाँ प्राप्त गर्यो । दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, महिला राष्ट्रिय टोलीका खेलाडीहरू अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर र सविता राना मगरले विजेता र उपविजेता टोलीलाई पुरस्कृत गरेका थिए।
प्रतियोगितामा हिमालयन एफसीका दिपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । गोलपोस्टको जिम्मा सम्हालेका दिपेशले प्रि-क्वाटरमा टिमको लागि दुई गोल गर्न सफल भएका थिए भए फाइनल खेलको पेनाल्टीमा पनि विजयी गोल उनले नै गरेका थिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
ढुकुका अशोक मगर उत्कृष्ट खेलाडी चुनिए र उनले
१० हजार रुपैयाँ प्राप्त गरे। मत्से फुटसल फेयरप्ले टिम घोषित भएको थियो। बागमती फुटबल संघका उपाध्यक्ष राजिव मानसिंह बस्नेतले फेयरप्ले टिमलाई नगद २० हजार र ट्रफी प्रदान गरे ।
राष्ट्रिय महिला टोलीका पूर्व प्रशिक्षक खड्काले सर्वाधिक धनराशीको गोल्डकप आयोजना गरेकोमा हिमालयन एफसीलाई बधाई दिए । उनले यस्ता प्रतियोगिताले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।
आयोजक क्लबमा अध्यक्ष विनोद कार्कीले प्रतियोगिताका सहयोगीलाई धन्यवाद भविष्यमा प्रतियोगिता आयोजना गर्न उर्जा मिलेको प्रदान बताए ।
दुई दिने प्रतियोगितामा ३२ टोलीको सहभागिता थियो ।प्रतियोगिता भदौ २० र २१ गरि दुई दिनसम्म चलेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]