1 year ago
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- गीता एभियशनको आयोजनामा शनिवार एभिएशन फुटसल प्रतियोगिता २०२४ मा नेपाली सेनाको आर्मी एयर सर्भिसले पनि भाग लिने भएको छ।
एक दिन चल्ने प्रतियोगितामा अब ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि ७ वट टोलीको सहभागिता रहने बताइएको छ ।
आर्मी एयर सर्भिससँगै बुद्ध एयर, एनआरएफएफए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, एयर डाइनेष्टी , नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स रहेका छन्।
नकआउटको आधारमा हुने प्रतियोगिताको पहिलो खेल सौर्य एयरलाइन्स र हिमालय एयरलाइन्स, दोस्रो खेल एनआरएफएफ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा तेस्रो बुद्ध एयर र नेपाल एयरलाइन्स तथा चौथो खेल आर्मी र एयर डाइनेष्टिबीच हुनेछ।
सहभागी टोलीका प्रतिनिधि उपस्थितिमा बिहीवार गीता एभियशनमा गोला प्रथाबाट खेल तालिका तयार गरिएको थियो।

September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]