10 years ago
August 13, 2015
काठमाडौं, साउन २८ गते । ग्लेसियर र पाटन ‘बी’ प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शान्तिनगरमा भएको खेलमा ग्लेसियरले काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) लाई ३–१ गोलले पराजित गर्यो । ग्लेसियरका करुणराज ढकालले ह्याट्रिक गरे । केइसीका सचेत लामिछानेले १ गोल फर्काए । पाटन ‘बी’ ले अस्कल ‘ए’ लाई ५–० गोलले हरायो । विजेताका मणि लामाले ह्याट्रिक गरे भने उशम केसी र शेरबहादुर थापाले १–१ गोल थपे ।
अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा पब्लिक युथ क्याम्पस, पाटन ‘सी’, ओरियन्ट र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) क्वाटरफाइनलमा पुगे ।
पब्लिक युथले पुल्चोक इन्जिनिएरिङ कलेजलाई ४–२ गोलले पाखा लगायो । विजेताका साजन डंगोल, लक्ष्मण चौधरी, दीपक घिसिङ र सुबोध क्षेत्रीले १–१ गोल गरे । पुल्चोकबाट दुवै गौल युवराज लामाले आफ्नो नाममा लेखाए । पाटन ‘सी’ ले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ४–३ ले निराश पार्यो ।
ओरियन्टले अस्कल ‘बी’ माथि ५–० को सहज जित रच्यो । ओरियन्टका पवन खड्काले २ तथा श्याम नेपाली, निरज परियार र युरोप भण्डारीले १–१ गोल गरे । टाइम्स विरुद्धको खेलमा सीसीआरसी ४–१ ले विजयी भयो । सीसीआरसीका सन्देश केसीले २ तथा क्षितिज सुवेदी र शितल बोहराले १–१ गोल गरे । टाइम्सका छिरिङ शेर्पाले सान्त्वना गोल गरे ।
क्वाटरफाइनलमा सीसीआरसीको भेट पाटन ‘सी’ संग हुनेछ भने पब्लिकले ओरियन्ट विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ । विजेताले ६६ हजार, उपविजेताले ३३ र तेश्रो हुनेले २२ हजार नगद पुरस्कार हात पार्नेछन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]