default_image

9 months ago

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

859 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ।

वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्।

सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त गर्यो।

त्यसअघि सेमिफाइनलमा बौद्धले सिम्बालाई २-० र क्रिजलले रियल म्याड्रिड फ्यान क्लबलाई १-० ले हराएर फाइनल भेट पक्का गरेका थिए।

विजेता क्रिजलकी झरना नगरकोटी उत्कृष्ट गोलकिपर घोषित भइन् भने ९ गोल गरेकी मनिषा थापा मगर सर्वाधिक गोलकर्ता बनिन् ।

सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता सन्चालन भएको थियो। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका थिए।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.