8 months ago
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ ।
सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी सम्मिलित प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा वि.के. सुन चांदी पसल, तिछुगल्ली स्टोर्स, दिल ह्याक्राफ्ट, ओरियन इलेक्ट्रीकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यू रहेका छन् । वि.के. सुन चांदी पसल गत संस्करणको विजेता हो । सबै टोलीलाई जुजु वेयर्सद्वारा जर्सी प्रायोजन गरिएको छ ।
विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन । विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय मोहन दास ताम्रकारको परिवारद्वारा नगद पुरस्कारको प्रायोजन रहेको छ । प्रतियोगिताका लागी करीब ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रोमोस्नल भिडियो लगायतका कार्यहरु भइसकेका छन् । उक्त प्रतियोगिता अवधिमा अण्डर १४ विधामा प्रतिस्प्रधा गर्ने छन् भने महिला खुल्ला तथा भेट्रान टिमले पनि मैत्रीपूर्ण खेल खेल्नेछन् ।
यस प्रतियोगिताका म्यान अफ द म्याच प्रायोजक टेलजी नेपाल र एटलिट ल्याण्ड, एक्सीलेन्ट टाईटल प्रायोजक एक्स स्टेप नेपाल र एटलिट ल्याण्ड, अण्डर १४ टिम प्रायोजक ताम्राकार समाज अष्ट्रेलिया, बद्रीको हल्वाई, सेयर प्रो सेक्यूरिटिज र ग्रेस इन्टरनेसनल, साथै अन्य प्रायोजक लक्ष्मी सनराईज बैंक, के.के. मार्ट, अल्फाईन ईन्जीनियरिब कन्सलटान्सी लिमिटेड, सम्झना ल्याबोरेटोरी एण्ड क्लिनिक प्रा.लि., उत्तम स्पेशल टी, लक्ष्मी सनराईज क्यापिटल, ओगस, ट्वान्टी फोर्टी, फेस एण्ड बडी नेपाल, बाराही फ्रेम्स र बज्र बटलर ट्रेडर रहेका छन् ।
त्यस्तै मिडिया पार्टनरको रुपमा भिजन्स नेपाल, हाम्रो खेलकुद र लहना संचार रहेका छन् । साथै मेडिकल पार्टनरको लागि अल्का अस्पताल रहेको छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]