default_image

6 months ago

June 21, 2025

नर्थ स्टारको वार्षिकोत्सवमा खेलाडीलाई अवार्ड

841 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नर्थ स्टार फुटबल एकेडेमीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा भएको अवसरमा एक कार्यक्रम आयोजना गर्दै प्रशिक्षार्थी खेलाडीलाई अवार्ड वितरण गरेको छ ।

एकेडेमीको वार्षिकोत्सव कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, विकेश कुथु र अनन्त तामाङ उपस्थित रहेका थिए । विराटनगर सिटी एफसीका सोनाम घले पनि कार्यक्रममा उपस्थित थिए ।

वार्षिकोत्सव मनाउने क्रममा राष्ट्रिय खेलाडीले पनि एकेडेमीका खेलाडी र अभिभावकसँग मैत्रीपूर्ण खेल पनि खेलेका थिए ।

नर्थ स्टारले अन्तरिक अवार्ड पनि वितरण गरेको थियो । यू१० उमेर समूहमा राय्हन राई, यू१२ मा सफल तामाङ र यू१४ उमेर समूहमा क्रिस्टोफर तामाङ प्लेयर अफ द इयर घोषित भए ।

प्रशिक्षक विशाल श्रेष्ठले प्रशिक्षार्थीहरुको खेल कौशल मात्र नभएर अनुशासन, पछिल्लो एक वर्षको प्रगति र खेल भावनालाई मध्यनजर गर्दै अवार्ड प्रदान गरिएको बताए ।

काठमाडौंको बुढानिलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा अवस्थित एकेडेमीमा पछिल्लो एक वर्षयता झन्डै १ सय प्रशिक्षार्थीले साप्ताहिक प्रशिक्षण गरिरहेका छन् । राष्ट्रिय खेलाडी विशाल श्रेष्ठसँगै महेश श्रेष्ठ, कपिल ढकाल, मनिष पौडेल, जय प्रकाश बम्जन र रोशन कार्कीले खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

प्रशिक्षक श्रेष्ठले आगामी दिनमा साताको ३ समय प्रशिक्षणका लागि तयारी भइरहेको जानकारी पनि दिए ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.