default_image

6 months ago

June 23, 2025

हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम

367 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ टिमको सहभागिता रहने भएको छ । सायम कलेजको आयोजनामा हुने प्रतियोगिता बुधबारदेखि रोयल नेपाल फुटसलमा सुरु हुनेछ ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रिन्सिपल पाण्डेले विद्यार्थीको क्षमता बढाउन कलेजले विद्यार्थीले गर्ने हरेक कार्यक्रममा भरपुर सहयोग गर्दै आएको बताए ।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुने छन् ।

प्रतियोगिताको विजेताले ९० हजार, उपविजेताले ४० हजार तथा तेस्रो हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा हुनेछ ।

सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए । प्रायोजकमा एथर इनर्जी, पठाउ नेपाल, उप्स नेपाल, मेडेक्स मल्टी स्पेसिएलिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, पार्क भिलेज रिसोर्ट, सूर्य नेपाल, जस्मिन पेन्ट्स र बेन नेभिस रहेका छन् ।

समूह विभाजन :

समूह ए : एस इन्टरनेसनल कलेज, मिल्टन कलेज, भीएस इन्टरनेसनल कलेज, युनिभर्सल कलेज

समूह बि : सेन्ट्रल कलेज, राजधानी कलेज, सैनिक कलेज

समूह सी : साइम ह्वाइट, केआइसी, ठेम्क कलेज, किंग्स कलेज

समूह डी : सिटिजन कलेज, अर्किड कलेज, ग्लोबल कलेज

समूह ई: एनसिएमटि कलेज, मल्पी कलेज, इम्पेरीयल बिजनेस कलेज, एलए कलेज

समूह एफ : अथर्व कलेज, डीयरवाल्क कलेज, एआइटिएम

समूह एफ : साइम रेड, मेधावी कलेज, इस्लिंगटन कलेज, टेकस्पायर कलेज

समूह एच : एपेक्स कलेज, क्वेस्ट कलेज, ह्वाइटहाउस कलेज

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.