3 months ago
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सेन्ट जेभियर्सले ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
धुकु फुटसलमा शनिवार भएको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो ।
निर्धारित ४० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । प्रतियोगितामा उपत्यकाका १६ कलेजको सहभागिता थियो । ग्लोबल रिचले सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रतियोगिता आयोजना गरेको जनाएको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता सेन्ट जेभिर्यसका आदित्य गैरे भए । त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि उपविजेता प्रिमियमका श्यामिर श्रेष्ठ, उत्कृष्ट गोलरक्षक पनि प्रिमियमकै रिलिश न्यौपाने घोषित हुँदा सेन्ट जेभियर्सका वेदान्त सिंह ठकुरी उत्कृष्ट प्रशिक्षक चुनिए।
सेन्ट जेभियर्सको सन्जोग राई प्लेयर अफ दि फाइनल घोषित भए । रातो बंगला स्कूलले फेयर प्ले अवार्ड जित्यो ।
प्रतियोगितामा अष्ट्रेलियाका युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, बैंकक युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, म्याक्वेर युनिभर्सिटी र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको सहप्रायोजन थियो ।
विजेतालाई नेपाली राष्ट्रिय महिला टोलीकी फरर्वाड रेखा पौडेलले पुरस्कार वितरण गरिन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]