10 years ago
August 14, 2015
काठमाडौं, साउन २९ गते । पाटन संयुक्त क्यामपस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’ का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’ बाट मणि लामा र सुवास लामाले गोल गरे । पाटन ‘बी’ का विकास लामा फाइनल खेलको ‘म्यान अफ द म्याच’ ठहरिए । त्यसवापत उनले ५ सय नगद पुरस्कार हात पारे । अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा ओरियन्टले तेश्रो स्थानमा चित्त बुझायो । ओरियन्टले ग्लेसियरलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । विजेताका श्याम नेपालीले ३, निरज परियारले २ तथा युरोप भण्डारी र सुशान्त बस्नेतले १–१ गोल गरे । विजेताले ६६ हजार ६ सय ६६, उपविजेताले ३३ हजार ३ सय ३३ तथा तेश्रोले २२ हजार २ सय २२ रुपैयाा नगद पुरस्कार हात पारे । प्रतियोगितामा पाटन ‘बी’ का शेरबहादुर थापा उत्कृष्ट खेलाडी घोषित भए । शेरबहादुर नै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिताभर उनले १६ गोल गरे । उनले उत्कृष्ट र सर्वाधिक गोलका लागि २–२ गरी जम्मा ४ हजार नगद पुरस्कार पाए । पाटन ‘सी’ का अनन्त श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उनले २ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, पाटन संयुक्त क्याम्पसका प्रमुख माधव गौतम, आयोजकका संयोजक सुरेन्द्र बस्नेतलगायतले पुरस्कार वितरण गरे । पााचदिने प्रतियोगितामा ५८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]