default_image

9 years ago

May 31, 2017

रुस्लान ओपन फुटसल शनिबार

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको रुस्लान ओपन फुटसल प्रतियोगिता यही शनिबार हुने भएको छ । पेरिविङ्कल सर्भिसको आयोजनामा हुने तेस्रो संस्करणको रुस्लान ओपन फुटसल प्रतियोगिता शनिबार हुने आयोजकले पत्रकार सम्मेलनमार्फ जानकारी गराए ।

एकदिने फुटसल प्रतियोगितामा २४ देखि ३२ टोलीले सहभागिता जनाउने आयोजक पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेश घलेले जानकारी गराए । प्रतियोगिताको सबै खेलहरु लाजिम्पाटस्थित ढुकु फुटसल हबमा हुनेछ । प्रतियोगितामा यसपटक काठमाडौं बाहिरको चार टोलीले पनि सहभागिता जनाउने सिइओ घलेले जानकारी गराए ।

मोफसलबाट सहभागिता जनाउने टोलीमा पोखराबाट दुई, बुटवल र चितवनबाट समान एक–एक टोली रहेका छन् । हालसम्म पोखराबाट दुई र काठमाडौंबाट १५ टोलीले सहभगिता निश्चित गरेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा ३२ टोली सहभागी भए सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

३२ भन्दा कम टोलीको सहभागिता भए हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनल प्रवेश गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उप–विजेताले ८० हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टोलीले समान ३५–३५ हजार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, डिफेन्स र उच्च गोलकर्ता समान १५–१५ हजारबाट पुरस्कृत हुनेछ । प्रतियोगिताको अघिल्लो दुई संस्करण शंखमुल फुटसलले हात पार्दा सामाखुशी फुटसल र महेन्द्रश्वर क्लव क्रमश उपविजेता भएको थियो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.