9 years ago
June 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हबले तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । जोचेन क्याफे एफसीलाई शनिबारको फाइनलमा १–० ले हराउँदै ढुकुले उपाधि जितेको हो । आफ्नै फुटसबलमा भएको फाइनलमा ढुकुका लागि एकमात्र गोल उर्केन शेर्पाले गरेका थिए ।

त्यसअघि सेमिफाइनलमा ढुकुले रेड डेभिललाई पेनाल्टीa सुटआउटमा २–१ र जोचेनले पोखराको तारा एफसीलाई १–० ले हराउँदै फाइनल भेट पक्का गरेका थिए । सेमिफाइनल पुग्नका लागि तारा एफसीले क्वार्टरफाइनलमा दुई पटकको विजेता रहि सकेको शंखमुल फुटसललाई हराएको थियो । फाइनल १८ र अन्य सबै खेल १६ मिनेट खेलाइएको थियो ।
ढुकुले उपाधिसहित १ लाख ५० हजार, दोस्रो भएको जोचेनले ८० हजार रुपैयाँ प्राप्त गर्यो । सेमिफाइनल पुगेका टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गरे । पोखराका तारा एफसीका विनोद गुरुङ उत्कृष्ट खेलाडी, ढुकुका सुमिन कुवँर आले उत्कृष्ट गोलपिकर, जोचेनका राज शाही उत्कृष्ट रक्षक घोषित भए । ९ गोलसहित ढुकुका उर्केन शेर्पा उच्च गोल बने । उत्कृष्ट सबैले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता, उपविजेता टोलीका खेलाडीलाई रुस्लान थ्री स्टार क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले पुरस्कृत गरेका थिए । पिरिवंकल सर्भिसको आयोजनामा भएको एक दिने प्रतियोगितामा ३२ टोलीको सहभागिता थियो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।


September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]