default_image

8 years ago

October 12, 2017

राष्ट्रिय फुटसल टोली आज इरान प्रस्थान गर्दै

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो आधिकारिक राष्ट्रिय फुटसल टिम एएफसी फुटसल च्याम्पियनसिप खेल्न इरान प्रस्थान गर्दै  । भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम अफिसियल गरी २३ सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे

Futsal depart

FUtsal team

तस्विर : एन्फा

नेपालले फुटसल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो इरानमा अक्टोबर १३ बाट २२ सम्म हुने फुटसल च्याम्पियनसिपमा नेपाल समूहमा परेको नेपालको समूहमा उज्बेकिस्तान, किर्गिस्तान तुर्कमेनिस्तान रहेको उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो

नेपालले १५ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ भने १६ अक्टोबरमा किर्गिस्तानको सामना गर्नेछ समूहको अन्तिम खेल अन्तर्गत १७ अक्टोबरमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ समूह चरणको विजेता उपविजेताले प्रतियोगिता अन्तिम चरणमा प्रवेश पाउनेछ प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ

बिदाईको क्रममै सुरज राउतलाई टिमको कप्तानीको जिम्मेवारी दिइएको सहायक कप्तानमा नवीन लामा तोकिएका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले इरानमा अनुभव बटुल्ने प्रयाससँगै पहिलो च्याम्पियनसिपमा दोस्रो चरणको लागि छनोट हुने लक्ष्य लिइएको बताए

टिम निर्माणमा पनि खेलाडीहरुको लगाव मिहेनतले सहज भएको भन्दै टिमको बलियो पक्ष भनेको खेलाडीहरुमा खेल खेल्ने भावना रहेको बताए

नेपाली टिमका कप्तान सुरज राउतले कप्तानीमा खुशी हर्षित रहेको भन्दै आफ्नो जिम्मेवारीलाई पुरा गर्ने बताएका छन् वर्षपछिको संघर्ष अचिभ गर्न पाएको छु यसमा खुशी हर्षित नहुने कुरै भएन कप्तान सुरजले इरान जानुअघि भने, ‘कुनैबेला पकेटबाट पैसा निकालेर खेल्नु पर्ने अवस्था थियो अहिले व्यवसायिक भएर राष्ट्रिय टिमसम्म स्थान बनाउन सफल छु यो मौका क्याच गर्ने प्रयास गर्नेछु यस्तै कप्तान सुरजले यसले पछिल्लो पुस्तालाई पनि फुटसलमा लाग्न राम्रो प्ल्याट फर्म पाउने बताए उनले प्रशिक्षण अवधि थोरै भएपनि प्रशिक्षण राम्रै रहेको बताउदै च्याम्पियनसिपको पहिलो सहभागितामा ठुलो अपेक्षा नराखिएको बताए उनले विपक्षीको स्तर अनुसार खेल्ने प्रयास गर्ने पनि बताए  

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.