8 years ago
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपाल प्रालिले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल समिति र जर्सी पसलबीच बिहिबार तीन बर्षको लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले हस्ताक्षर गरे ।
नेपाल इरानमा भोलिबाट शुरु हुने एएफसी फुटसल च्याम्पियनसिप खेल्न आज इरान प्रस्थान गर्दैछ । नेपालले फुटसलमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यस्तै नेपालको यो पहिलो अधिकारिक फुटसल टोलि समेत हो । सम्झौतापछि जर्सी पसलले नेपाली राष्ट्रिय फुटसल टोलीलाई बार्षिक १० लाखको दरले तीन वर्षमा ३० लाख बराबरको खेल सामग्रीहरु दिनेछन् ।
सम्झौतापछि जर्सी पसलले प्रशिक्षणको लागि आवश्यक पर्ने २५ खेलाडीलाई दुई सेट ट्रेनिङ जर्सी, अफिसियल ५ जनाको लागि जर्सी, खेलको दौरान प्रयोग हुने दुई सेट जर्सी, बुट १४ सेट, मोजा ३२ जोर, पानीको बोतल २० थान, सिन प्याड १४ थान, गोलकिपर पन्जा २ जोर र पोलो टिसर्ट ४० थान खेल सामग्रीहरु उपलब्ध गराउने छन् । त्यसबाहेक अन्य खेल सामग्री खरिद गर्न परे पसलले २५ प्रतिशत छुटमा दिनु पर्नेछ । सम्झौतापछि फुटसल टोलीको जर्सी उत्पादन र बिक्रि वितरण जर्सी पसलले मात्र गर्ने छ । सम्झौतामा हरेक जर्सीको बिक्रिबाट एन्फालाई ५ प्रतिशत रोयल्टी समेत दिनु पर्ने उल्लेख गरिएको छ ।
सोही अवसरमा पहिलो नेपाली राष्ट्रिय फुटसल टोलीको होम एण्ड अवे जर्सी समेत प्रदर्शन गरिएको थियो । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, फुटसल कमिटिका अध्यक्ष रमेश राइमाझी र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले नेपाली टोलीको जर्सी सार्वजनिक गरेका थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]