8 years ago
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल च्याम्पियनसिप छनोटमा लज्जास्पद हारबाट यात्रा सुरु गरेको नेपालले आज अर्को खेलमा किर्गिस्तानको सामना गर्दैछ । इरानमा जारी प्रतियोगितामा नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
उता किर्गिस्तानले भने छनोटमा विजयी सुरुआत गरिसकेको छ । नेपाल उज्वेकिस्तानसँग १४–१ ले पराजित हुँदा आइतबार अर्को खेलमा किर्गिस्तानले तुर्किमिनिस्तानलाई ५–३ ले हराएको थियो ।
नेपालले पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको सुरुआत नै नमिठो हारबाट भएको थियो । टोलीले समूह चरणको अन्तिम खेलमा मंगलबार तुर्किमिनिस्तानको सामना गर्नेछ । समूहका शीर्ष २ टोली अर्को बर्ष चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् ।
नेपाली फुटसल टोली
खेलाडी – अभय राणा, अमित तामाङ, अनिष श्रेष्ठ, अरुज सिंह, विनोद गुरुङ, मनिकुमार लामा, नवीन लामा, निर्मल गुरुङ, राज शाही, सन्जोग महर्जन, सौरभ राखेल मगर, सुमित कुमार आले, सुरज राउत (कप्तान), सुसन श्रेष्ठ
प्रशिक्षक – राकेश श्रेष्ठ (मुख्य) , राजेश शाही
टोली नेता – रमेश रायमाझी
व्यवस्थापक – विनोद गुरुङ
अफिसियल – लक्ष्मण अधिकारी, प्रसुन श्रेष्ठ, मोतीलाल श्रेठ, राज महर्जन, हरि शंकर महर्जन
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]