8 years ago
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक अल्फा बिटाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता मंसिर ६ गते बुधबार देखि ८ गते शुक्रबारसम्म शंखमुल फुटसलमा हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

करिब साढे २ दशकदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको अल्फा बिटा कन्सल्टेन्सीले पहिलोपटक फुटसल खेलमार्फत औपचारिक रुपमा खेलकुदमा प्रवेश गर्न लागेको अल्फा बिटाका कार्यकारी अध्यक्ष द्धिराज शर्माले जानकारी गराए । ‘इंग्लिस क्लब चेल्सी, लिभरपुल लगायतले पनि सानै प्रयासबाट व्यवसायिक रुपमा अघि बढेको हो ।’
कार्यकारी अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा भने, ‘२ दशक शिक्षामा बितायौं । अब यस फुटसल प्रतियोगितामार्फत खेल क्षेत्रमा पनि अघि बढ्ने हाम्रो योजना छ । नेपाली फुटसल टोली तयार पार्नका लागि सहयोग पुगोस् र नयाँ खेलाडी छनोटका लागि सम्भावनाको एउटा थलो बन्न सकोस् भन्नका लागि हामीले फुटसल आयोजना गर्न लागेका हौं ।’
पहिलो प्रयासस्वरुप यसपटक फुटसल आयोजना गर्न लागेको र भविष्यमा नेपालमा लोकप्रिय खेल फुटबल र क्रिकेट पनि आयोजना गर्ने लक्ष्य राखेको समेत अध्यक्ष शर्माले बताए ।
प्रतियोगितामा १६ कलेजले सहभागिता जनाउने प्रतियोगिता संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी हरि खड्काले जानकारी गराए । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन् ।
करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा २ लाख रुपैयाँ भन्दा बढी नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको क्वार्टरफाइनलबाट खेलको ‘म्यान अफ दी म्याच’ले १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भविष्यमा नेपालको बलियो फुटसल टोली तयार पार्नका लागि समय-समयमा स्थानीय रुपमा प्रतियोगिता आयोजना र त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अभ्यासको व्यवस्था हुन सके नेपालको फुटसल टोलीले आउने दिनमा सफलता प्राप्त गर्ने संयोजक खड्काले जानकारी गराए । यस्तै प्रतियोगिताको अर्काे संयोजक तथा कीर्तिमानी ओलम्पियन दीपक विष्टले निजी संस्था खेलकुदमा होमिनु नेपाली खेलकुदको लागि सुखद पक्ष हुने बताए ।
समूह विभाजन
समूह ‘ए’ : साइपाल एकेडेमी, युनिग्लोव कलेज, लिभरपुल कलेज र सिबर्ड
समूह ‘बी’ : लिटिल एन्जल्स, ओलम्पिया कलेज, आइडियल कलेज र नामी कलेज
समूह ‘सी’: ह्वाइट हाउस कलेज, ब्रिटिस गोर्खा कलेज, इनसाइड भिजन र ह्वाइटफिल्ड कलेज
समूह ‘डी’ : युलेन्स कलेज, गोल्डेनगेट, एभिएम कलेज र टाइम्स कलेज
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]