8 years ago
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट सुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा दोहोरो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । ओलम्पियाले पहिलो खेलमा लिटिल एन्जल्सलाई ३–१ ले पराजित गर्दा दोस्रो खेलमा नामी कलेजलाई ४–० ले पराजित गर्यो ।
यस्तै पहिलो खेलमा नामी कलेजलाई ४–० ले पराजित गरेको आइडियलले दोस्रो खेलमा लिटिल एन्जल्सलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो । यी दुई टिमले बिहिबार समूह विजेताका लागि खेल्नेछ । दुवै कलेजको समान दुई खेलबाट ६ अंक छ । पराजित भएको लिटिल एन्जल्स र नामी कलेज प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै अर्काे खेलमा समूह ‘ए’ को साइपाल एकेडेमी र समूह ‘सी’ को ह्वाइटहाउस कलेजले दोहोरो जित निकालेको छ । साइपालले पहिलो खेलमा लिभरपुलमाथि ४–२ को जित निकाल्दा दोस्रो खेलमा कान्जिरोवालाई ४–० ले पराजित गर्यो ।
ह्वाइटहाउसले ह्वाइटफिल्ड र इनसाइड भिजनलाई समान ४–१ को नतिजाले पराजित गर्यो । अन्य खेलमा लिभरपुलले युनिग्लोबलाई, कान्जिरोवाले युनिग्लोबलाई, इनसाइड भिजनले ब्रिटिस कलेजलाई पराजित गर्यो ।
प्रतियोगिता अन्तर्गत बिहिबार पनि समूह चरणको खेलहरु हुने प्रतियोगिता संयोजक तथा पूर्वराष्ट्रिय खेलाडी हरि खड्काले जानकारी गराए । प्रतियोगितामा राजधानीका विभिन्न १६ कलेजको सहभागिता रहेको थियो । १६ कलेजलाई ४ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको क्वार्टरफाइनलबाट खेलको ‘म्यान अफ दी म्याच’ले १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]