8 years ago
November 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शंखमुल फुटसलमा आज भएको फाइनलमा आइडियल इङ्लिस स्कुललाई टाइएब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको हो ।
निर्धारित ३० मिनेटमा खेलमा १–१ को बराबरीपछि पेनाल्टी सुट आउटमा टाइम्सले बाजी मारेको हो । निर्धारित समयमा आइडियलका युर्केन शेर्पाले आइडियलका लागि गोल गर्दै अग्रता दिलाएपनि टाइम्सका विवेक गुरुङले बराबरी गोल फर्काएका थिए ।त्यसअघि कान्जिरोवालाई ९–० ले हराउँदै साइपालले तेस्रो स्थान हासिल गरेको थियो । साइपालका लागि मुकेश तामाङले ४ गोल गरे भने अशोक तामाङ, सुजन बस्नेत, निशान माझी र सागर कटुवालले समान १ गोल गरे ।
प्रतियोगिताको विजेता टाइम्सले उपाधिसहित १ लाख, दोस्रो भएको आइडियालले ६० हजार र तेस्रो टोली साइपालले ४० हजार रुपैयाँ प्राप्त गर्यो ।प्रतियोगिताको सेमिफाइनल र क्वार्टरफाइनल पनि आजै भएको थियो । सेमिफाइनलमा आइडियले साइपाललाई ३–२ र टाइम्सले कान्जिरोवालाई ४–१ ले हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
त्यसअघिको क्वार्टरफाइनलमा साइपालले इनसाइड भिजनलाई ४–१, कान्जिरोवाले ह्वाइट हासलाई २–० ले, टाइम्सले ओलम्प्यिालाई २–१ ले तथा आइडियलले गोल्डेन गेटलाई ४–० ले हराएको थियो ।आइडियलका सुरजज्यू ठकुरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भ एभने साइपालका मुकेश तामाङ उच्च गोलकर्ता रहे । दुवैले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी, आयोजक अल्फा बिटाका कार्यकारी अध्यक्ष द्विराज शर्मा, हिसानका अध्यक्ष रमेश सिलवाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँगका अध्यक्ष दीपक श्रेष्ठ, एन्फाका फुटसल समितिका अध्यक्ष रमेश रायमाझी लगायतले पुरस्कृत गरेका थिए । अल्फा बिटाको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा राजधानीका १६ कलेजको सहभागिता थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]