8 years ago
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा शनिबार सम्पन्न फ्लाइटेक महिला फुटसल प्रतियोगिताको उपाधि सियोल इन्स्टिट्युटले जितेको छ ।
सियोलले फाइनलमा पासाङ ल्हामु शेर्पा कलेजलाई २ गोलले पराजित गर्न सफल भएको हो । निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । सियोलले सो समयमा दुई गोल गर्दै रोमाञ्चक जित हांसिल गरेको हो । सियोल र पासाङ ल्हामुका सबै खेलाडीलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो ।
छहारी शिक्षा सदनकी सृष्टी लामा प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिइन् । त्यस्तै उपविजेता पासाङ ल्हामु कलेजकी सुनकला राई प्रतियोगिताको सर्वाधिक गोलकर्ता भइन् । ८ टिमको सहभागिता रहेको यस प्रतियोगिताको खेल समूह चरण, सेमिफाइनल र फाइनल गरी तीन चरणमा खेलिएका थिए ।
महिला सशक्तिकरण र लैंगिक समानतालाई मूलधारमा ल्याउने उद्देश्य बोकेको यस प्रतियोगिताको आयोजक विगत चार वर्षदेखि युवा सशक्तिकरणको क्षेत्रमा कार्यरत ‘युथ लेजेन्ड नेपाल’ रहेको थियो । प्रतियोगितालाई फ्लाइटेक इन्टरनेसनलले मुख्य प्रायोजन गरेको थियो भने रेड बुलले सहप्रायोजन गरेको थियो ।
प्रतियोगिताका इभेन्ट निर्देशक मोहन घिमिरेले विभिन्न क्षेत्रका महिलालाई एक साथ फुटसलमार्फत जोड्न पाउँदा खुशी लागेको बताए । यस प्रतियोगिताले निकै राम्रो प्रतिक्रिया पाएकाले भविष्यमा पनि यसलाई निरन्तरता दिने उनले जनाए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]