8 years ago
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ‘ए’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग कम नकआउटको आधारमा धन्यन्तरी फुटसलमा शुक्रबारबाट शुरु भएको प्रतियोगितमा काठमाडौं ‘ए’ ले लिग चरणमा पूर्वाञ्चललाई २–१ तथा मध्यपश्चिमाञ्चललाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिमाञ्चलले काठमाडौं ‘बी’ लाई १–०, पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २–१ तथा काठमाडौं ‘बी’ ले मध्यमाञ्चललाई १–० गोलले हराए । पश्चिमाञ्चल र पूर्वाञ्चलले गोलरहित बराबरी खेले । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र काठमाडौंका २ गरी ७ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]