default_image

8 years ago

May 3, 2018

आन फुटसलमा ३२ टोली, खेलकुद पत्रकार मञ्चसँग सम्झौता

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विज्ञापन संघ (आन) को आयोजनामा नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक आनले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विज्ञापन एजेन्सी, मिडिया हाउस र कर्पाेरेट हाउसहरुबीचको फुटसल प्रतियोगिता बैशाख २४ देखि २९ गतेसम्म हुने जानकारी गराएको हो ।

Aan Futsall

प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी टिमलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा कान्तिपुर टीभी, इमेज च्यानल, हिमालय टीभी, एभि न्युज टीभी, जनता टीभी, न्युज २४, एबीसी टीभी र नेपाल टेलिभिजनले सहभागिता जनाएका छन् । यस्तै नागरिक दैनिक, नयाँ पत्रिका, गोरखापत्र, अन्नपूर्ण पोष्ट, मार्स, वेलकम, भिचित्र, एएनएस, भेग, अभानी, प्रिज्मार्क, मिडिया बास्केट, कारोबार, एडि रिलिज, मिडिया हब रहेका छन् । त्यस्तै, आउट रिच नेपाल, एडिफ्याक्टर, कि एडर्भटाईजिङ, फ्युचर हब, प्रिज्मा, डिएल फिल्म, नेट टिभी, क्युएफएक्स र नेपाल मेडिसिटी अस्पतालले प्रतियोगितामा सहभागिता जनाएका छन् । बिहिबारै प्रतियेगिताको समूह विभाजन गरिएको थियो ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले ७५ हजार नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार नगदसहित ट्रफी हात पार्ने छन् ।

त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघ (आन)बीच एकवर्षे सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र आनका अध्यक्ष रविन्द्रकुमार रिजालले हस्ताक्षर गरे । मञ्चले गर्ने सम्पूर्ण कार्यक्रममा नेपाल विज्ञापन संघ (आन) को सहयोग रहने र आनको सम्पूर्ण कार्यक्रममा मञ्चको सहयोग रहने गरी सम्झौता भएको हो ।

Mahesh Dada

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.