7 years ago
June 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा मंगलबारदेखि टफिच्चो जुनियर अन्तर स्कुल फुटसल प्रतियोगिता शुरु भएको छ ।
चारदिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहाभागी १०५ स्कुललाई यु–१२ र यु–१४ गरी दुई भागमा विभाजन गरिएको छ । च्याम्पियनसिपको पहिलो दिन यु–१२ अन्र्तगतको २४ खेलहरु सम्पन्न भएका छन् । पहिलो दिन २४ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो ।
हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । समूह ‘ए’ बाट पुष्प वाटिका र एप्पल, समूह ‘बी’ बाट राजश्री गुरुकुल र केटिए प्रज्ञाकुञ्ज, समूह ‘सी’ बाट ओलम्पिया र विद्या संस्कार, समूह ‘डी’ बाट रोजवड र केभिएसले अन्तिम आठमा स्थान बनाउन सफल भए ।
नेशनल स्पोर्टस् सेन्टर च्यासलमा भएको खेलबाट जेम्स, एलए, सेन्ट जेभियर्स र नेपाल ताराले सेमिफाइनलमा स्थान बनाउन सफल भए । सेमिफाइनल खेल बुधबार हुनेछ । बानेश्वर र नेशनल स्पोर्टस् सेन्टरको विजेताले उपाधिका लागि शुक्रबार खेल हुनेछ । फाइनल खेल ग्रासरुट फुटसल एरिनामा हुनेछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]