default_image

7 years ago

July 14, 2018

बालबालिकामा हुने दुर्व्यवहार अन्त्यका लागि मैत्रीपूर्ण फुटसल

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बालबालिकामाथि हुने गरेको दुर्व्यवहार अन्त्यका लागि सांकेतिक आव्हान स्वरुप मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना भएको छ ।

बालअधिकार अभियान नेपाल, बालअधिकारका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला बालक्लब सञ्जाल काठमाडौंको संयुक्त आयोजनामा शुक्रबार मैत्रीपूर्ण फूटसल आयोजना भएको हो । काठमाडौं सिनामंगलस्थित फाइभ फाइभ फूटसलमा भएको मैत्रीपूर्ण फुटसलमा ललित बहादुर शाहीको नेतृत्वको नीलो समूहले रमेश खतिवडाको नेतृत्वको रातो समूहलाई ६–४ को गोलअन्तरले पराजित गर्‍यो । फुटसलमा सहभागी अभियन्ता खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

बालबालिकामाथि हुने गरेका दुर्व्यवहारको अन्त्यका लागि सांकेतिक आव्हान स्वरुप यस कार्यक्रमको आयोजना गरिएको बालअधिकारका लागि राष्ट्रिय अभियान नेपालका संयोजक प्रविण सिलवालले बताए । साथै पीडामा परेका बालबालिकाको संरक्षणका लागि वयस्क अभियन्ताहरुको पनि एकबद्धता होस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला बालक्लब सञ्जालका अध्यक्ष राजाराम बस्नेतले बताए ।

बालक्लबका पदाधिकारी, बालक्लबका पूर्व पदाधिकारी तथा बालअधिकारको क्षेत्रमा क्रियाशील नागरिकहरुको संयुक्त पहलमा “बालबालिकाको भविष्य सुरक्षित, संरक्षित र बालअनुकूल पार्न वर्तमानमा क्रियाशील बनौं“ भन्ने नाराका साथ यस अभियान सुरू गरिएको बालअधिकार अभियान नेपालका संयोजक नवीनचन्द्र घिमिरेले बताए ।

मैत्रीपूर्ण फूटसल कार्यक्रममा बालअधिकारको क्षेत्रमा क्रियाशील ४० जना बालबालिकादेखि अग्रज अभियन्ताहरुको सहभागिता रहेको थियो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.