default_image

7 years ago

September 8, 2018

फिजियो फुटसलको उपाधि डाइनामिकलाई

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर फिजियोथेरापिस्ट फुटसल प्रतियोगिताको उपाधि डाइनामिक एसआइआरसीले जितेको छ ।

डाइनामिकले फास्ट ट्वीचलाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी विकास श्रेष्ठ र महिलातर्फ सुवर्णा थापा घोषित भए । अभिषेक श्रेष्ठ सर्वाधिक गोलकर्ता र आविष्कार पुडासैनी उत्कृष्ट गोलरक्षक भए । फेयर प्लेको उपाधि पीएनएफले हात पार्यो ।

काठमाडौंको धन्यन्तरी फुटसलमा भएको प्रतियोगिताको उद्घाटन सत्रमा जुम्बा पनि गरिएको थियो । प्रतियोगिता नेपाल फिजियोथेरापिस्ट संघले आयोजना गरेको हो । सेप्टेम्बर ८ मा मनाइने विश्व फिजियोथेरापी दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको संघका महासचिव शामिद कतिलाले बताए ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.