5 years ago
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत एन्फा फुटसल कमिटिको आयोजनामा हुने ‘ए’ डिभिजन लिग फुटसललाई टर्नपाइक इभेन्ट प्रालिले व्यवस्थापन गर्ने भएको छ ।

एन्फा र टर्नपाइक इभेन्टबीच आइतबार सम्झौता भएको छ । सम्झौता पत्रमा फुटसल कमिटिका संयोजक तथा एन्फा केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ र टर्नपाइकका प्रमुख कार्यकारी अधिकृत युकेश लोहनीले हस्ताक्षर गरे । सम्झौता अनुसार टर्नपाइकले फुटसलको व्यवस्थापन र बजार प्रवर्द्धन गरेवापत नगद र जिन्सी गरेर २९ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
फुटसल कमिटिले सोमबार फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा वैशाख २५ देखि जेठ १५ सम्म सञ्चालन गर्ने जानकारी गराएको छ । लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने फुटसल लिग कमिटिले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ टोली, प्रदेश १ र गण्डकी प्रदेशबाट समान २–२, प्रदेश २ बाट एक टोली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट संयुक्त एक टिम हुनेछ ।
लिगका लागि प्रदेश १ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश २ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ । बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ । गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म हुनेछ ।
लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्ध क्लबहरुले सहभागिता जनाउन पाउनेछन्। लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउनेछन् ।
यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउनेछ ।
लिगमा १० ‘ए’ डिभिजन फुटसल क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि टोलीले छनोट चरण पार गर्नुपर्नेछ । लिगका लागि क्लबले जिल्ला फुटबल संघसँग आबद्ध रहेका, राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेका र जिल्ला प्रशासन कार्यालयमा दर्तारहेका तथा ए, बि, र सि डिभिजन क्लब र फुटसल क्लबहरुले तोकिएको समयमा रितपूर्व दर्ता गरि ए डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागिता जनाउन पाउनेछन । छनोट चरणमा सहभागि क्लबमा (न्यूनतम) १ प्रशिक्षक, १ म्यानेजर र १० खेलाडी हुनुपर्नेछ ।
प्रदेश स्तरीय छनोट अन्तरगत प्रदेश १ मा पाथिभरा फुटसल, ईटहरीमा १ देखि ५ चैतमा हुनेछ । जसबाट २ क्लब छनोट हुनेछन् । प्रदेश २ को छनोट हेटौंडामा ८ देखि १२ चैतमा हुनेछ । जसबाट एक टोली छनोट हुनेछ । प्रदेश ५, ६ र ७ को छनोट स्पोर्टस् एरिना फुटसल दावमा १९ देखि २३ चैतमा हुनेछ । जसबाट एक टोली छनोट हुनेछ ।
प्रदेश ३ मा २५ देखि ३० चैतसम्म छनोट खेल हुनेछ । जसबाट ४ टोली छनोट हुनेछन् । प्रदेश ४ मा स्पोर्टस क्यासल र पैयम स्पोर्टस सेन्टर, पोखरामा (बैशाख ३–७), छनौट हुने छ । जसबाट २ टोली लिगका लागि छानिनेछ । लिगका खेलहरु पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बैशाख २५ देखि जेठ १५ सम्म आयोजना हुनेछ । एन्फाले लिग खेल्ने क्लबलाई १ लाख रुपैयाँ खर्चस्वरुप प्रदान गर्नेछ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन हुनेछ ।
यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]